सञ्चालनमा रहेका २० मध्ये १६ वाणिज्य बैंकले माघको लागि आधार दर सार्वजनिक गरिसकेका छन्। १६ मध्ये १४ वटा बैंकको यस्तो आधार दर घटेको छ भने दुई बैंकको बढेको छ।
नबिल बैंक र एनएमबी बैंकको आधार दर सामान्य बढेको छ। नबिल बैंकको पुसको लागि निकालिएको औसत आधार ९.०५ प्रतिशत रहेकोमा माघको लागि ९.०७ प्रतिशत तोकिएको हो। त्यस्तै, एनएमबी बैंकको पुसको औसत आधार ९.९ प्रतिशत रहेकोमा माघको लागि ९.९५ प्रतिशत तोकिएको हो।
माघको लागि राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ८.२५ प्रतिशत छ। कुमारी बैंकको आधार दर सबैभन्दा धेरै १०.५७ प्रतिशत छ।
बैंकहरूले आधार दरमा थप प्रिमियम तोकेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। पछिल्लो समय अधिकांश बैंकहरूले यस्तो प्रिमियम दर समेत घटाइरहेका छन्।
केही महिनाअघिसम्म यस्तो प्रिमियम दर ७ प्रतिशतसम्म रहेकोमा हाल यो अधिकतम ५ प्रतिशत छ। धेरै जस्तो कर्जा योजनामा प्रिमियम दर अधिकतम ३ प्रतिशत छ।
कर्जाको ब्याजदर घट्दै गएपनि बैंकहरूबाट जारी हुने कर्जामा खासै वृद्धि हुन सकिरहेको छैन। राष्ट्र बैंकको तथ्यांक अनुसार पुस १६ गतेदेखि माघ २ गतेसम्म कर्जा ५० अर्ब रूपैयाँले वृद्धि भएको छ। पुस १६ गते ५० खर्ब २४ अर्ब रूपैयाँ कर्जा रहेकोमा ५० खर्ब ७४ अर्ब रूपैयाँ पुगेको हो।
यो अवधिमा निक्षेप रकम पनि ५६ अर्ब रूपैयाँले वृद्धि भएर ६१ खर्ब २१ अर्ब रूपैयाँ पुगेको छ।
बैंक |
माघका लागि आधार दर |
पुसका लागि आधार दर |
सानिमा बैंक |
९.४४ |
९.५९ |
नेपाल एसबीआई बैंक |
९.६६ |
९.९३ |
कुमारी बैंक |
१०.५७ |
१०.७८ |
ग्लोबल आइएमई बैंक |
९.६ |
९.८ |
सिद्धार्थ बैंक |
९.४१ |
९.५ |
राष्ट्रिय वाणिज्य बैंक |
८.२५ |
८.३९ |
नेपाल बैंक |
८.८३ |
९.०५ |
एभरेष्ट बैंक |
८.८७ |
९.२१ |
प्राइम कमर्सियल बैंक |
१०.४३ |
१०.५२ |
एनआइसी एशिया बैंक |
१०.१ |
१०.३९ |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक |
९.४१ |
९.६६ |
लक्ष्मी सनराइज बैंक |
१०.३५ |
१०.६२ |
माछापुच्छ्रे बैंक |
९.७८ |
९.८६ |
एनएमबी बैंक |
९.९५ |
९.९ |
प्रभु बैंक |
९.४२ |
९.६६ |
नबिल बैंक |
९.०७ |
९.०५ |