आज अमेरिकी डलरको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारको लागि तोकेको विनियमदरअनुसार डलरको मूल्य पाँच पैसाले घटेको हो।
बिहीबार डलर एकको खरिदमा १३२ रूपैयाँ ७० पैसा र बिक्रीमा १३३ रूपैयाँ ३० पैसा पाइन्छ। अघिल्लो दिन डलर एकको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा तोकिएको थियो।
आज युरोपियन युरोको भाउ भने बढेको छ।
बुधबार युरो एकको खरिददर १४४ रूपैयाँ २१ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८६ पैसा तोकिएको थियो भने आज युरो एकको खरिदमा १४४ रूपैयाँ ६० पैसा र बिक्रीमा १४५ रूपैयाँ २६ पैसा पाइन्छ।
बिहीबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९७ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने आज ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा पाइन्छ।
कतारी रियाल एकको खरिदमा बिहीबार ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर भने बिहीबारको लागि ३५ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५४ पैसा तोकेको छ।
आज राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा भने २८ रूपैयाँ ०५ पैसा र बिक्रीमा २८ रूपैयाँ १७ पैसा पाइन्छ।
कुवेती दिनारको विनिमय दर अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ २२ पैसा तोकिएको थियो। आज दिनार एकको खरिददर ४३१ रूपैयाँ ३६ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ३१ पैसा तोकिएको छ।
बहराइन दिनार एकको खरिददर बिहीबारको लागि ३५२ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६० पैसा तोकिएको छ।