आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
शुक्रबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउले यसदिन पनि निरन्तरता पाएको हो।
शुक्रबार एकको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसामा कारोबार भएको अमेरिकी डलर आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४४ रूपैयाँ २९ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९४ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २० पैसा घटेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८५ पैसा तोकिएको छ।
शुक्रबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ ८७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६३ पैसा कायम गरिएको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ५८ पैसा र बिक्रीमा ८७ रूपैयाँ ९८ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ७० पैसा र बिक्रीमा ९९ रूपैयाँ १५ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ०७ पैसा र बिक्रीमा २८ रूपैयाँ १९ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ३९ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ३४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५८ पैसा तोकिएको छ।