मंगलबार अमेरिकी डलरसँगै पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरको मूल्य बढेको छ।
राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३२ पैसा कायम गरिएको छ।
सोमबार डलर एकको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसा कायम थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३३ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसाले महँगो हो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ६२ पैसा र बिक्रीमा ८८ रूपैयाँ ०२ पैसा पाइन्छ।
सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २४ पैसा र बिक्रीमा ८७ रूपैयाँ ६४ पैसा तोकिएको थियो।
आज युरो एकको खरिदमा १४३ रूपैयाँ ५९ पैसा र बिक्रीमा १४४ रूपैयाँ २४ पैसा तोकिएको छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ८० पैसा र बिक्रीमा ९९ रूपैयाँ २४ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ०४ पैसा र बिक्रीमा २८ रूपैयाँ १६ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ३३ पैसा र बिक्रीमा ४३३ रूपैयाँ २८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६४ पैसा तोकिएको छ।