नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रूपैयाँ २८ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ८७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ५२ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९९ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ५२ पैसा र बिक्रीमा ८७ रूपैयाँ ९२ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ९४ पैसा र बिक्रीमा ९९ रूपैयाँ ३९ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १२ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ०७ पैसा र बिक्रीमा २८ रूपैयाँ १९ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ २४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५० पैसा तोकिएको छ।