बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रूपैयाँ १८ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रूपैयाँ २८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको १० पैसा घटेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ७२ पैसा र बिक्रीमा १४४ रूपैयाँ ३७ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ २५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ६५ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ७६ पैसा र बिक्रीमा ९९ रूपैयाँ २१ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ १४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९१ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १० पैसा र बिक्रीमा ३६ रूपैयाँ २६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ०३ पैसा र बिक्रीमा २८ रूपैयाँ १६ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ०६ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ०१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २३ पैसा तोकिएको छ।