बुधबार नेप्से परिसूचक ५.९१ अंकले बढेको छ।
यसदिन नेप्से ०.२८ प्रतिशतले बढेर २०७६.५० विन्दुमा बन्द भएको छ।
बुधबारको बजारमा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् मंगलबार ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३०४ रूपैयाँको सेयर कारोबार भएको थियो।
मंगलबारको तुलनामा आज कारोबार रकममा ४१ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३०२ वटा धितोपत्रको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन बोटलर्स नेपाल (बालाजु), नेपाल फाइनान्स र पाँचथर पावरको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य क्रमशः ८ हजार ४६५ रूपैयाँ ३० पैसा, ३६५ रूपैयाँ २० पैसा र २९१ रूपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, समाज लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत र जोशी हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ।
एनआइसी एशिया ब्यालेन्सड् फण्डको मूल्य सर्वाधिक ५.७६ प्रतिशतले घटेको छ। उक्त योजनाको इकाइ मूल्य ८ रूपैयाँ ३४ पैसा कायम भएको छ।
यस्तै, दोर्दी खोला जलविद्युतको सेयरमूल्य ५.२० प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयरमूल्य ५२७ रूपैयाँ कायम भएको छ।
बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६६८ रूपैयाँ १० पैसामा १७ करोड १७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६०६ रूपैयाँमा १२ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक बढेको छ।
आज वित्त समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। अधिकांश वित्त कम्पनीको सेयर मूल्य यसदिन बढेको छ। उक्त समूहको परिसूचक सर्वाधिक ६.५६ प्रतिशतले बढेको छ।
यस्तै, विकास बैंक समूहको परिसूचक २.३८ प्रतिशतले बढेको छ।