ग्लोबल आइएमई बैंकको आयोजनामा 'ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६' प्रतियोगिता हुन गइरहेको छ।
बैंकले मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो।
दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताले खेलप्रेमीहरूलाई खेल, प्रकृति र आपसी सद्धावको अनुपम अनुभव हुने विश्वास बैंकले लिएको छ।
होल इन वानलाई आधुनिक स्कोडा एसयुभी गाडी राखिएको छ।
साथै, अन्य विधाबाट विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमको विशेष प्याकेज पुरस्कारको व्यवस्था रहेको छ।
यो प्रतियोगिता आयोजना गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लु तथा बाराहसिंघेको समेत साथ रहेको छ।
खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्धको विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिहरूबीच अर्थपूर्ण सम्बन्ध स्थापित हुने उद्देश्यले बैंकले ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६ आयोजना गर्न लागेको हो।
बैंकले हाल ३४१ शाखा, ३६६ एटिएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदै आइरहेको छ।