साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
यसदिन नेप्से १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा बन्द भएको छ।
बिहीबारको बजारमा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् बुधबार ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रूपैयाँको सेयर कारोबार भएको थियो।
बुधबारको तुलनामा आज कारोबार रकममा ३९ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३०५ वटा धितोपत्रको १ करोड १४ लाख ०७ हजार २६४ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य क्रमशः ९ हजार ३११ रूपैयाँ ८० पैसा र एक हजार ४८६ रूपैयाँ ६० पैसा कायम भएको छ।
मैलुङ खोला जलविद्युतको सेयर मूल्य सर्वाधिक ५.७० प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ५४६ रूपैयाँमा झरेको छ।
यस्तै, प्रोगे्रशिभ फाइनान्सको सेयरमूल्य ५.५८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयरमूल्य ३२० रूपैयाँ कायम भएको छ।
बिहीबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६५५ रूपैयाँ ७० पैसामा २२ करोड ८५ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.८६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सगरमाथा जलविद्युत रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४३० रूपैयाँमा ११ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.१५ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशतले घटेको छ।