नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रूपैयाँ १८ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ९० पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४३ रूपैयाँ पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ १५ पैसा र बिक्रीमा ८६ रूपैयाँ ५४ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रूपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रूपैयाँ १० पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १० पैसा र बिक्रीमा ३६ रूपैयाँ २६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रूपैयाँ ७३ पैसा र बिक्रीमा २७ रूपैयाँ ८६ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २७ पैसा तोकिएको छ।