नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्काे वर्ष बैंकहरूले लाभांश दिन नसक्ने बताएका छन्।
सिइओ ढुंगानाले महिला आर्थिक पत्रकार संघ(फेजा)ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाइ छ।
अहिले बजारमा खरिद–बिक्रीदेखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए।
जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनको भनाइ छ। अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरूले थप समस्या झेल्नुपर्ने उनले बताए।
अहिले मुलुकमा पुँजीगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सहि नभएको बताए।
यसले अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनको भनाइ छ। साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको जनाउने उनको भनाइ छ।
कार्यक्रम महिला आर्थिक पत्रकारिता संघकी अध्यक्ष शर्मिला ठकुरीले महिलाको क्षमता विकासमा सहयोग गर्न कार्यक्रम गर्न लागिएको बताइन्।
प्रमुख अतिथि डा. निलम ढुंगानाले कार्यक्रम उद्घाटन गरेकी हुन्। कार्यक्रमको सहआयोजक नबिल रहेको छ।