नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्।
महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन्।
उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताइन्। यद्यपी छिमेकी देशहरूको तुलनामा नेपालको खराब कर्जा कम नै रहेको जानकारी गराइन्।
नेपालमा वित्तीय क्षेत्रको आकार र पहुँच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएकाले बैंकिङ क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने बताइन्।
पुँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनको भनाइ छ।