सानिमा बैंकको वितरण योग्य नाफा ९२ प्रतिशतले बढेर दुई अर्ब ७८ करोड रूपैयाँ पुगेको छ।
यो वितरण योग्य नाफाबाट बैंकले २०.४७ प्रतिशत नाफा दिन सक्ने क्षमता देखिएको छ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ४४ करोड रूपैयाँ वितरण योग्य नाफा थियो।
त्यस्तै बैंकको खुद नाफा ७.२५ प्रतिशतले बढेको छ। बैंकको नाफा दुई अर्ब ३९ करोड रूपैयाँबाट बढेर दुई अर्ब ५७ करोड रूपैयाँ पुगेको छ।
बैंकको खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी बढेपछि नाफा बढ्न सहयोग पुगेको हो। बैंकको खुद ब्याज आम्दानी २.८२ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड रूपैयाँ पुगेको हो।
बैंकको सञ्चालन मुनाफा पनि २.९७ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड रूपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा १.७२ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ९३ पैसा छ। यस अघि यस्तो आम्दानी १७ रूपैयाँ ६५ पैसा थियो। बैंकको प्रतिसेयर नेटवर्थ १६८ रूपैयाँ ८३ पैसा छ।