नेपाल राष्ट्र बैंकले क्यासिनोलाई अब विदेशी मुद्रा कारोबार गर्न इजाजतपत्र लिन अनिवार्य गरेको छ।
राष्ट्र बैंकले ‘विदेशी विनिमय (नियमित गर्ने)ऐन, २०१९’ र ‘विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ अनुसार क्यासिनोले बैंकबाट आधिकारिक इजाजत लिएर मात्र विदेशी विनिमय कारोबार गर्न सक्ने व्यवस्था गरेको हो।
राष्ट्र बैंकले ऐनको दफा १२ अनुसार दिएको अधिकार प्रयोग गर्दै उक्त सूचना प्रकाशित गरेको हो।
यस व्यवस्थापछि क्यासिनोहरूले भारतीय रुपैयाँसहित अन्य विदेशी मुद्रामा कारोबार गर्न बैंकको स्वीकृति लिनुपर्नेछ।