चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (साउनदेखि भदौ) सम्ममा तीन खर्ब ५२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
गत आर्थिक वर्ष २०८१/८२ यही अवधिमा भने दुई खर्ब ६४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
यो अवधिमा रेमिटेन्स भित्रने दर ३३ प्रतिशतले बढेको हो। पछिल्लो ३१ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
दुई महिनामा दुई अर्ब ४१ करोड रूपैयाँ रेमिटेन्स बाहिरीएको छ। गत वर्षको यही अवधिमा ८० करोड रूपैयाँ बाहिरीएको थियो।
यो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १६ प्रतिशतले बढेको छ।
गत आव यो अवधिमा एक लाख १७ हजार जनाले नयाँ र पुन श्रम स्वीकृति लिएकोमा यस वर्ष एक लाख ३६ हजारले यस्तो स्वीकृति लिएका छन्।