ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पुँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० को कुल ८.०३९६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मङ्सिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।