मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा बन्द भएको हो।
गत पाँच दिनदेखि २७०० को विन्दु वरिपरि घुमिरहेको नेप्से अन्ततः उक्त विन्दु मुनि ओर्लिएको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार ४ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५३ वटा धितोपत्रको एक करोड ४० हजार १६४ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २३९ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्।
यसदिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरुको प्रतिकित्ता मूल्य ३९६ रूपैयाँ ७० पैसा पुगेको छ।
सर्वाधिक मूल्य घट्नेमा बुंगल हाइड्रो रहेको छ।
उक्त कम्पनीको मूल्य १५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६८८ रूपैयाँ ५० पैसामा झरेको छ
यसैगरी, एपोलो हाइड्रोपावरको मूल्य ११.१२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८५७ रूपैयाँमा सीमित भएको छ।
मंगलबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३६८ रूपैयाँ ५० पैसामा ३४ करोड १६ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.०८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सोपान फर्मास्युटिकल्स रहेको छ। उक्त कम्पनीको एक हजार ४१ रूपैयाँमा १८ करोड ९० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ।
यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशतले घटेको छ।