माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा.विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायत अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
बैंकको २५औं वार्षिक साधारण सभामार्फत संस्थापक सेयरधनीहरूका तर्फबाट बैंक सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएलगत्तै बसेको बैंक सञ्चालक समितिको ५६७औं बैठकले उनलाई आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।