महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको आज (शुक्रबार) बसेको सञ्चालक समितिको ६५७औं बैठकले कुल ७.१८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमध्ये ३.४० प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।