केही समय अघिसम्म जलविद्युत क्षेत्रमा आकर्षित लगानीकर्ता उत्पादनमूलक समूह हुँदै विकास बैंक समूहमा सर्न थालेका छन्।
भदौ ९ गतेसम्म जलविद्युत कम्पनीहरूमा लगानीकर्ताको धेरै आकर्षण थियो। सो दिन जलविद्युत समूहमा मात्रै करिब ६१ प्रतिशत रकम बराबरको कारोबार भयो।
बजारमा (ऋणपत्र र सामूहिक लगानी कोषबाहेक) कुल ४ अर्ब ८ करोड रूपैयाँको सेयर कारोबार हुँदा जलविद्युत कम्पनीहरूको मात्रै २ अर्ब ४९ करोड रूपैयाँको कारोबार भयो।
तर भोलिपल्ट बाढी आयो। धेरै जलविद्युत आयोजना क्षतिग्रस्त भए। यही कारण जलविद्युत समूहमा बढिरहेको कारोबार एकाएक कम हुन थाल्यो।
जलविद्युतमा देखिएको प्रभावको लाभ केही दिन उत्पादनमूलक समूहमा पर्यो। केही सिमेन्ट र रङ उद्योगको कारोबार बढ्यो। उत्पादनमूलक समूहको कारोबार हिस्सा भदौ १० गते ९ प्रतिशत थियो। भदौ ११ गते बिहीबार एकैपटक दोब्बर बढेर १८.३१ प्रतिशत भयो।
भदौ १८ गतेसम्म (गत बिहीबार) आइपुग्दा जलविद्युत समूहबाट उत्पादनमूलक समूहमा सरेको लगानीकर्ताको आकर्षण अहिले वाणिज्य बैंक र विकास बैंकमा देखिन थालेको छ।
भदौ १८ मा ३ अर्ब ३९ करोड रूपैयाँको सेयर कारोबार भयो। यसमा जलविद्युत समूहको कारोबार खुम्चिएर ४७ प्रतिशत भयो।
उत्पादनमूलक समूहमा अझै आकर्षण छ। यो समूहको कारोबार २२ प्रतिशत छ। यसबीच यो समूहको कारोबार हिस्सा ४७ प्रतिशतभन्दा बढी पुगेको थियो।
गत बिहीबार विकास बैंक समूहको कारोबार हिस्सा भदौ ९ गतेको तुलनामा बढ्यो। यसअघि कुल कारोबारमा ३.८७ प्रतिशत हिस्सा थियो। हाल ५.६४ प्रतिशत पुगेको छ। बिहीबार यो समूहका कम्पनीहरूको १९ करोड रूपैयाँको कारोबार भयो।
विकास बैंकको कारोबार बढ्दै जानुमा क्षमता अनुसार लाभांश घोषणा गर्नु पनि हो।
सबभन्दा पहिले कामना विकास बैंकले लाभांश घोषणा गरेको थियो। १५.१६ प्रतिशत क्षमता देखाएको कामनाले १५ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो।
त्यस्तै १३.१९ प्रतिशत लाभांश क्षमता देखाएको सांग्रिला डेभलपमेन्ट बैंकले पनि ४ प्रतिशत बोनस सेयर र ६.५२ प्रतिशत लाभांश घोषणा गरेको छ। कुल १०.५२ प्रतिशत घोषणा गरेको हो।
गरिमा विकास बैंकले हालै मात्र १० प्रतिशत बोनस र १० प्रतिशत नगद सहित २० प्रतिशत लाभांश घोषणा गरेको छ। यसको २०.२३ प्रतिशत क्षमता देखिएको थियो।
अहिले ११ वटा विकास बैंकले लाभांश दिन सक्ने क्षमता देखाएका छन्।
गरिमा बैंकको सबैभन्दा धेरै क्षमता देखिएको थियो। त्यसपछि लुम्बिनी र साइन रेसुंगाको क्षमता उच्च छ। यिनीहरूले १६.९९ र १६.८६ प्रतिशत लाभांश क्षमता देखाएका छन्।
|
बैंक
|
क्षमता %
|
घोषणा %
|
|
बोनस
|
नगद
|
|
गरिमा विकास बैंक
|
२०.२३
|
१०
|
१०
|
|
लुम्बिनी विकास बैंक
|
१६.९९
|
|
|
|
साइन रेसुंगा डेभलपमेन्ट बैंक
|
१६.८६
|
|
|
|
एक्सेल डेभलपमेन्ट बैंक
|
१४.३८
|
|
|
|
सांग्रिला डेभलपमेन्ट बैंक
|
१३.१९
|
४
|
६.५२
|
|
मितेरी डेभलपमेन्ट बैंक
|
१२.७३
|
|
|
|
महालक्ष्मी विकास बैंक
|
१०.३१
|
|
|
|
ग्रिन डेभलपमेन्ट बैंक
|
९.३६
|
|
|
|
मुक्तिनाथ विकास बैंक
|
८.४५
|
|
|
|
ज्योति विकास बैंक
|
३.३४
|
|
|
|
कामना सेवा विकास बैंक
|
१५.१६
|
|
१५
|