नबिल बैंकले अटिजम भएका बालबालिका र उनीहरूका अभिभावकप्रति समर्पित गर्दै भावनात्मक भिडिओ सार्वजनिक गरेको छ।
अटिजम भएका बालबालिकाको फरक संसार, उनीहरूले सामना गर्ने चुनौती तथा उनीहरूको हेरचाहमा अभिभावकले गर्ने निरन्तर प्रयास र त्यागलाई भिडिओमा संवेदनशील रूपमा प्रस्तुत गरिएको छ।
बालबालिकाको सानो प्रगति र उपलब्धिका पछाडि अभिभावकको धैर्य, माया र निरन्तर साथ रहने सन्देश भिडिओले दिएको छ।
समाजले अटिजम भएका बालबालिकालाई दयाको दृष्टिले मात्र नभई उनीहरूको क्षमता र सम्भावनालाई बुझेर समान अवसर र स्वीकार्यता दिनुपर्ने भावनासमेत भिडिओमा देखाइएको छ।