शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार ५ अर्ब ४९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ६ अर्ब ७४ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४५ वटा धितोपत्रको दुई करोड १२ लाख ७२ हजार ७६१ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्।
स्नो रिभर्सको मूल्य सर्वाधिक १३.६६ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५७ रूपैयाँ पुगेको छ।
यस्तै, इन्फिनिटी लघुवित्तको मूल्य ९.८१ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ६५ रूपैयाँ कायम भएको छ।
यसदिन हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको मूल्य ४९९ रूपैयाँ ८० पैसा पुगेको छ।
यसैगरी, धैलागिरी लघुवित्तको मूल्य ५.१३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १८४ रूपैयाँ २० पैसामा सीमित भएको छ।
शुक्रबार कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २२७ रूपैयाँमा ३२ करोड १३ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.१३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा लक्ष्मी सनराइज बैंक रहेको छ। उक्त कम्पनीको ३४६ रूपैयाँ ४० पैसामा २७ करोड १६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको बढेको छ।
यसमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशतले बढेको छ।