चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मा कुल २ खर्ब १५ अर्ब रेमिटेन्स भित्रिएको छ।
आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा १ खर्ब ७७ अर्ब रेमिटेन्स भित्रिएको थियो।
साढे दुई वर्षदेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
यो अवधिमा ७५ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ।
गत वर्षको यही अवधिमा १ अर्ब २५ करोड रूपैयाँ बाहिरिएको थियो।
एक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या पनि ३.४ प्रतिशतले बढेको छ।
यसअघि ६८ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ७० हजारले यस्तो स्वीकृति लिएका छन्।
रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ।
विदेशी मुद्राको सञ्चिति ३९ खर्ब ४६ अर्ब रूपैयाँ पुगेको छ हालको सञ्चिति ऐतिहासिक उच्च हो।
डलरको आधारमा पनि यस्तो सञ्चिति हालसम्मकै उच्च छ। यस्तो सञ्चिति २५ अर्ब ८४ करोड डलर छ।
यस्तो सञ्चितिले १८ महिना २४ दिनको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिन्छ नेपाललाई सामान्यतया आठ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने भएमा पर्याप्त मानिन्छ।