महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि ग्राहकहरूलाई विशेष अफर र लाभ प्रदान गर्ने गरी सहकार्य भएको छ।
११.११ को रुपमा विश्वव्यापी रूपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ सुविधाहरूलाई अझ विस्तार गर्दै जाने नीति अनुरुप दराज नेपालसँग सहकार्य भएको हो।
यस सहकार्य अन्तर्गत कात्तिक १५ गतेदेखि २५ गतेसम्मको लागि लागू हुने गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका ग्राहकहरूले दराज नेपाल मार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रूपैयाँसम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा २० प्रतिशत वा अधिकतम २ हजार रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।
छुटको लागि ग्राहकहरूले दराजबाट भौचर संकलन गर्नुपर्नेछ।
योजना अवधीभर सहभागी हुने ग्राहकहरूलाई पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिने बताइएको छ।
यस प्रकारका समझदारीबाट ग्राहकहरूसँग डिजिटल रुपमा जोडिन, ग्राहकहरूको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।