बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ।
नेप्से १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
मंगलबार ५ अर्ब ६५ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ७ अर्ब ४३ करोड पुगेको छ।
यसदिन ३५८ वटा धितोपत्रको दुई करोड १२ लाख २३ हजार ४१४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्।
नेपाल पुनर्बीमा कम्पनीको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९२१ रूपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, हिमालयन रिइन्स्योरेन्सको मूल्य ११.४८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५३४ रूपैयाँ कायम भएको छ।
यसदिन सिभिल बैंक डिबेन्चर २०८८को मूल्य सर्वाधिक ६.३४ प्रतिशतले घटेको छ।
उक्त डिबेन्चरको मूल्य एक हजार २२७ रूपैयाँ ५० पैसा पुगेको छ।
यसैगरी, शिखर पावरको मूल्य ३.७४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५१५ रूपैयाँमा सीमित भएको छ।
बुधबार स्वेत गंगा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३३३ रूपैयाँमा ८५ करोड ८४ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८.६५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा घोराही सिमेन्ट रहेको छ। उक्त कम्पनीको ४२० रूपैयाँमा ५१ करोड २४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको घटेको छ।
यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशतले बढेको छ।