नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआइसी एसिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ।
बोर्डले कात्तिक १७ गते बैंकको हकप्रद सेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको हो।
बोर्डको स्वीकृतिसँगै बैंकले सेयरधनीहरूलाई १:०.५० को अनुपातमा (अर्थात् हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता) हकप्रद सेयर जारी गर्नेछ।
यसअनुसार बैंकले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउनेछ।
बैंकले कुल ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रूपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा ल्याउनेछ।
बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबी एस क्यापिटलले पाएको छ।