शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा पुगेको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार ४ अर्ब ७२ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ३ अर्ब ४६ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३३६ वटा धितोपत्रको एक करोड सात लाख १३ हजार ८४२ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार १५८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ वटाको घटेको छ। यस्तै, १४ कम्पनी स्थिर छन्।
क्रेस्ट माइक्रो लाइफको मूल्य सर्वाधिक १४.०८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १९२ रूपैयाँ पुगेको छ।
यस्तै, बेनी हाइड्रोपावरको मूल्य ५.७८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८४० रूपैयाँ कायम भएको छ।
यसदिन घोराही सिमेन्टको मूल्य सर्वाधिक ४.४३ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३८८ रूपैयाँ पुगेको छ।
यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको मूल्य ३.७० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८८५ रूपैयाँमा सीमित भएको छ।
शुक्रबार घोराही सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३८८ रूपैयाँमा २१ करोड ६३ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा स्वेत गंगा हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ३३२ रूपैयाँमा १२ करोड ७९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक ०.८८ प्रतिशले घटेको छ भने बाँकी १२ समूहको बढेको छ।