नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पुँजीको ३.४ प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने घोषणा गरेको हो।
बैंकको आज (शुक्रबार) बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।