जर्मनीको ह्यानोभर सहरमा आयोजना हुने अन्तर्राष्ट्रिय गलैंचा मेलामा नेपालको सहभागिता हुने भएको छ। नेपाली हस्त निर्मित गलैंचाको विकास र प्रवर्द्धनका लागि मेलामा सहभागी हुने भएको हो।
नेपाली गलैँचाको मार्केटिङ गर्न सक्ने र उत्पादन क्षमता बढी भएको उद्योगीलाई मेलामा सहभागी हुन पठाउने नेपाल गलैँचा उत्पादक संघका अध्यक्ष राम बहादुर गुरूङले जानकारी दिए।
उनका अनुसार सो मेलामा नेपाली गलैँचाको ६ वटा स्टल हुने छ।
विश्वभरका ६० भन्दा बढी देशहरुले उक्त मेलामा भाग लिदैं आएको छन्। मेला जनवरी १० देखि १३ सम्म चल्ने छ। यसका लागि नेपाल सरकारले ४० लाख अनुदान दिने भएको छ।
हरेक वर्षको जनवरीमा आयोजना हुने यस मेलामा नेपालले सन् २००२ देखि सहभागी हुँदै आएको छ।