अब महिनामा एकपटक मात्र चाँदी आयात गर्ने उद्योगले २० लाख अमेरिकी डलर करिब २८ करोडको सटही सुविधा पाउने भएका छन्।
त्यस्तै, व्यवसायीले पनि मासिक चार लाख (८० लाख रूपैयाँ) को सटही सुविधा पाउने भएका हुन्।
अहिले पनि सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा पाउने व्यवस्था कायमै छ।
त्यस्तै, अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा पाउँछन्।