नेपाल आयल निगमले तिहार र छठ पर्वका सार्वजनिक बिदाका दिनमा पनि विभिन्न स्थानका डिपो खुला राख्ने भएको छ।
निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको सहज आपूर्ति र बिक्री वितरण गर्ने उद्देश्यले सातै प्रदेशका प्रादेशिक कार्यालय तथा विभिन्न शाखा कार्यालय र इन्धन डिपो खुला राख्ने जनाएको हो।
निगमका अनुसार कात्तिक २१, २२, २३ र २६ गते आवश्यकताअनुसार विभिन्न डिपो तथा कार्यालय सञ्चालन हुनेछन्।
निगमले पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए सम्पर्क गर्न पनि अनुरोध गरेको छ।
