वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योग तथा फर्महरूको अनुमगन निरीक्षणका क्रममा दुई फर्मलाई जरिवाना गरेको छ।
विभागले बुधबार विभिन्न स्थानमा गरेको निरीक्षणका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको पाइएपछि कारबाही गरिएको जनाएको छ।
सूचनाअनुसार काठमाडौं महानगरपालिका–१५, स्वयम्भूस्थित पिलग्रिम्स ग्रोसरी प्रालिलाई २ लाख १ हजार रूपैयाँ जरिवाना गरिएको छ।
बिक्री बिल जारी नगरेको, म्याद नाघेका कोल्ड ड्रिङ्क्स विक्री गरेको पाइएको विभागले जनाएको छ।
त्यस्तै, ललितपुर महानगरपालिका–१५, मैतीदेवीस्थित आरएस किराना तथा ग्यास पसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।
यसैगरी, विभिन्न स्थानका अन्य १७ वटा फर्म तथा पसललाई भने सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।
विभागका अनुसार उपभोक्ताको हित संरक्षण तथा बजारलाई व्यवस्थित बनाउन नियमित अनुगमनलाई निरन्तरता दिइनेछ।
