सामसङ नेपालले 'स्मार्ट घर, स्मार्ट सुरुवात' अफर ल्याएको छ।
यो अफर अप्रिल १ देखि मे १४ सम्म लागु हुने कम्पनीले बताएको छ।
विश्वकै नम्बर १ भिजन एआई टिभी र बिस्पोक एआई होम एप्लायन्सहरूमा आकर्षक अफरहरूका साथ आफ्नो जीवनशैलीलाई सजिलो बनाउन र घरलाई अझ स्मार्ट बनाउन कम्पनीको अनुरोध छ।
यस क्याम्पेन अन्तर्गत सामसङले टिभीमा २५प्रतिशत सम्मका छुट, वाशिङ मेसिनमा २३ प्रतिशत सम्मका छुट र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्मका छुट उपलब्ध गराएको छ।
कम्पनीका अनुसार नयाँ वर्षको सुरुवातमै घरका आवश्यक उपकरणहरू अपग्रेड गर्न चाहने परिवारका लागि यो निकै उपयोगी अफर हो।
यस अफरलाई अझ आकर्षक बनाउन टिभी किन्दा ३ हजार रूपैयाँ बराबर १२ महिनासम्मको नेटटिभी प्याकेज निःशुल्क उपलब्ध छ।
त्यसैगरी, वाशिङ मेसिनको खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक पक्का उपहारको रूपमा निःशुल्क पाइन्छ।
टिभी अफरः
| क्याटेगोरी |
इन्च |
छुट (सम्म) |
पक्का उपहार |
| क्युएलइडी |
५५” - ८५” |
२५ प्रतिशत |
१२ महिना निःशुल्क नेटटिभी प्याकेज |
| युएचडी |
४३” - ६५” |
१० प्रतिशत |
१२ महिना निःशुल्क नेटटिभी प्याकेज |
| एफएचडी |
४३” |
७ प्रतिशत |
६ महिना निःशुल्क नेटटिभी प्याकेज |
| एचडी |
३२” |
२१ प्रतिशत |
६ महिना निःशुल्क नेटटिभी प्याकेज |
वाशिङ मेसिन अफर:
| क्याटेगोरी |
क्षमता |
छुट (सम्म) |
पक्का उपहार |
| एआई इकोबबल वाशर ड्रायर |
९–११ केजी |
२३ प्रतिशत |
सर्फ एक्सेल म्याटिक एफएल ६ केजी |
| एआई इकोबबल फ्रन्ट लोड |
९–१२ केजी |
२० प्रतिशत |
सर्फ एक्सेल म्याटिक एफएल ६ केजी |
|
|
|
| फुल्ली अटोमेटिक टप लोड |
८ केजी |
१२ प्रतिशत |
|
| सेमी अटोमेटिक टप लोड |
७ केजी |
१२ प्रतिशत |
|
रेफ्रिजरेटर अफरः
| क्याटेगोरी |
क्षमता |
छुट (सम्म) |
| एसबीएस |
७०० लिटर |
११ प्रतिशत |
| ५ इन १ |
३५० लिटर - ४१९ लिटर |
१६ प्रतिशत |
| डबल डोर |
२५३ लिटर - २७५ लिटर |
१७ प्रतिशत |
| सिङ्गल डोर |
१९२ लिटर - २३० लिटर |
१५ प्रतिशत |
अब नयाँ २४ महिना इएमआई योजनासँग सामसङका प्रिमियम टिभी र होम एप्लायन्सहरू अझै बजेटमैत्री भएका छन्।
ग्राहकहरूले ५० हजार रूपैयाँभन्दा माथिका नयाँ होम एप्लायन्सहरू ४० प्रतिशत डाउनपेमेन्ट गरेर सजिलै अपग्रेड गर्न सक्छन्।
यो नयाँ योजनाले १२ महिना इएमआईको तुलनामा महिनाको किस्ता झण्डै आधा बनाउँछ जसले ग्राहकलाई बढी लचिलोपन दिन्छ।
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित, सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले १२ महिना इएमआई योजनामा शून्य प्रतिशत ब्याजदरमा उपकरणहरू खरिद गर्न सक्छन्।
कम्पनीका अनुसार २४ महिना इएमआई विकल्पमा भने ७.९९ प्रतिशत अतिरिक्त ब्याज लागु हुन्छ।
साथै, नयाँ सामसङ टिभी र होम एप्लायन्सहरूमा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।