युनिलिभर नेपालअन्तर्गतको ब्रान्ड भ्यासलिनले आफ्नो उत्पादन भ्यासलिन ग्लुटा–ह्या लाई नेपाली बजारमा 'शोस्टपर स्किन' नामक कार्यक्रममार्फत सार्वजनिक गरेको छ।
सामान्य ढाँचालाई तोड्न र जिज्ञासा जगाउन तयार गरिएको यो शोस्टपर स्किन कार्यक्रमले परिचित सार्वजनिक स्थानहरूलाई अनौठो दृश्यमा परिणत गर्यो।
कुनै पूर्व घोषणा वा ब्रान्डको चिन्ह नदेखाई भिडभाड भएका क्षेत्रहरूमा अचानक एउटा चम्किलो गुलाबी कार्पेट ओछ्याइयो, जसले तुरुन्तै मानिसहरूको ध्यान आकर्षित गर्यो र स्वतःस्फूर्त सहभागिता निम्त्यायो।
त्यसपछि चर्चित कलाकार तथा प्रभावशाली व्यक्तित्वहरू अन्नपूर्णा शर्मा, कविता नेपाली र मलिका माहतले त्यस गुलाबी कार्पेटमा आत्मविश्वासका साथ कदम राखे र सबैको ध्यानको केन्द्र बने।
यस दृश्यले दर्शकहरूलाई हेर्न, सोच्न र त्यो क्षण आफ्नै बनाउन प्रेरित गर्यो।
युनिलिभर नेपालकी बजार प्रमुख सुरभि गोस्वामीले भनिन्' 'शोस्टपर स्किन एक शक्तिशाली सोचमा आधारित थियो—कार्यक्रम रोक्ने कुरा कुनै एक व्यक्तिले होइन, बरु आफ्नै छालाप्रतिको आत्मविश्वासले हो।'
यस कार्यक्रमले भ्यासलिन ग्लुटा–ह्या को चिकित्सकीय रूपमा प्रमाणित सूत्रको माध्यमबाट चम्कदार र स्वस्थ देखिने छालालाई नै ध्यानको वास्तविक केन्द्रको रूपमा उजागर गरेर यो विश्वासलाई साकार बनायो।
यस अनुभवले छालाको समग्र चमक र आर्द्रता सुधार गर्न मद्दत गर्ने उत्पादनको प्रतिज्ञालाई उजागर गर्दै समाप्त भयो, जसले स्वस्थ देखिने चमकलाई अझ स्पष्ट र दीर्घस्थायी बनाउँछ।
भ्यासलिन ग्लुटा–ह्या एक हल्का तथा छिटो अवशोषित हुने सेरमयुक्त लोशन हो। जुन यसको पेटेन्ट प्राप्त ग्लुटा–ग्लो प्रविधि (ग्लुटाथायोन, जुन भिटामिन सी भन्दा १० गुणा बढी शक्तिशाली मानिन्छ) र हायलुरोन (गहिरो आद्रता प्रदान गर्ने तत्व) को प्रयोगमार्फत छालालाई उज्यालो र नमीयुक्त बनाउन तयार गरिएको हो।
लगाउनासाथ यो पानीका थोपाहरूमा परिणत हुन्छ र नियमित प्रयोगमा चिपचिपो नहुने, चम्किलो र एकसमान रंगको रूप प्रदान गर्दछ।
सार्वजनिक कार्यक्रममा युनिलिभर नेपालका व्यवस्थापकीय निर्देशक अम्लान मुखर्जीले व्यक्त भने 'भ्यासलिनले परम्परागत ढाँचाभन्दा पर गएर एक यादगार ब्रान्ड अनुभव सिर्जना गर्ने लक्ष्य राख्यो, जसले दर्शकहरूलाई अनुभवयोग्य र साझेदारीयोग्य तरिकाले संलग्न गर्यो। जब ब्रान्डहरू युवाहरूसँग उनीहरू जहाँ छन्, ठीक त्यहीँ गएर जोडिन्छन्, तब डिजिटल संलग्नता त्यसबाट स्वाभाविक रूपमा आउँछ।'