गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ अप्रिल १० र ११ मा रोयल नेपाल गल्फ कोर्समा सफलतापूर्वक सम्पन्न भएको छ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल १३० जना गल्फ खेलाडी सहभागी भएका थिए।
प्रतियोगिता लोकप्रिय स्टेबलफोर्ड प्रणालीमा ¾ ह्यान्डिक्यापका आधारमा खेलाइएको थियो।
पुरुषतर्फ कर्बिर तामाङ ४८ काउन्टब्याक स्कोरसहित विजेता बने भने अश्मांक कार्की समान ४८ काउन्टब्याक स्कोरसहित उपविजेता भए।
बेस्ट ग्रस विजेताको उपाधि हरि बहादुर थापाले ३५ स्कोरसहित जिते।
महिलातर्फ सुष्मा सिंह ३६ स्कोरसहित विजेता बनिन् भने तारा कार्की चित्रकार ३४ काउन्टब्याक स्कोरसहित उपविजेता रहिन्।
सिनियरतर्फ ६५ वर्षमाथि पुरुष समूहमा मेजर जनरल विजय मोक्तान विजेता तथा क्याप्टेन मोहन गुरुङ उपविजेता बने।
सुपर सिनियर (७५ वर्षमाथि) तर्फ क्याप्टेन मणि लाल थापा विजेता बने।
महिलातर्फ सिनियर (६० वर्षमाथि) मा देवी पुलामी तथा सुपर सिनियर (७० वर्षमाथि) मा सन्ध्या राई विजेता घोषित भए।
विशेष विधातर्फ हरि बहादुर थापाले होल नम्बर १२ मा होल इन वन गर्दै प्रतियोगिताको विशेष आकर्षण बने। मोस्ट बर्डीज अवार्ड कर्बिर तामाङले ४ बर्डीसहित जिते।
त्यस्तै, लङ्गेस्ट ड्राइभ (होल ११) मा सरोज थापा, क्लोजेस्ट टु द पिन (होल १२) मा खिम गौचन तथा स्पोर्ट्सम्यानसिप पुरस्कार ब्रिगेडियर जनरल शशि किरण रायमाझीले प्राप्त गरे।
प्रतियोगितामार्फत कार्ल्सबर्गले खेलभावना, आपसी मित्रता र प्रिमियम खेल जीवनशैलीप्रति आफ्नो प्रतिबद्धता पुनः स्थापित गरेको आयोजकले जनाएको छ।
रोयल नेपाल गल्फ कोर्समा सम्पन्न यस प्रतियोगिताले सहभागीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धासँगै कार्ल्सबर्गको विशिष्ट ब्रान्ड अनुभव प्रदान गरेको थियो।