नेपालमा मोबाइल तथा उपभोक्ता विद्युतीय उपकरण ब्रान्डका रूपमा स्थापित सामसङ नेपालले 'सपनादेखि सम्भावनासम्म' नामक नयाँ अभियान सार्वजनिक गरेको छ।
यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै उनीहरूले परिवार र देशका लागि खेलेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्छ।
साथै, यसले सामसङको नवप्रवर्तनमार्फत जीवन जोड्ने उद्देश्यलाई अझ सशक्त बनाएको छ।
यस अभियानअन्तर्गत सामसङले 'सामसङ रेमिटमा लाभ' नामक पहल सार्वजनिक गरेको छ। जसले रेमिटेन्समा निर्भर परिवारलाई थप सहजता र लाभ प्रदान गर्ने लक्ष्य राखेको छ। यो अफर अप्रिल २४ देखि उपलब्ध हुनेछ।
रेमिटेन्सलाई नेपालको अर्थतन्त्रको प्रमुख आधार मान्दै यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका मुख्य आधारका रूपमा सम्मान गरेको बताइएको छ।
साथै, सामसङका कृत्रिम बुद्धिमत्ता (एआई)–सक्षम उपकरणहरूले उनीहरूको परिवारको दैनिक जीवनलाई अझ स्मार्ट, जडित र अर्थपूर्ण बनाउने विश्वास व्यक्त गरिएको छ।
सामसङले सरल र सहज प्रयोग अनुभवमार्फत जीवनलाई अझ सहज बनाउने लक्ष्य राखेको छ।
यस पहलअन्तर्गत सामसङले आइएमई रेमिट, एनसेल, खल्ती (आइएमईद्वारा) र हुलास फिन सर्भ लिमिटेडसँग सहकार्य गर्दै सामसङका उत्पादन खरिदमा विशेष लाभहरू उपलब्ध गराएको छ।
यसमा एनसेल रिचार्जमा बोनस डेटा, २४ महिनासम्मको सजिलो किस्ताबन्दी सुविधा (इएमआई) र खल्तीमार्फत नगद फिर्ता जस्ता सुविधा समावेश छन्।
जसले रेमिटेन्समा आधारित परिवारलाई थप मूल्य र सहजता दिनेछ। यो अफर विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूका लागि मात्र उपलब्ध हुनेछ।
यस अभियानले दीर्घकालीन विश्वसनीयता, वारेन्टी तथा सहज इकोसिस्टम अनुभवका लागि आधिकारिक उत्पादन छनोट गर्ने महत्त्वलाई पनि जोड दिएको कम्पनीको भनाइ छ।