दाङको तुलसीपुरमा पहिलो पटक कपाल रोप्न पाइने क्लिनिक सञ्चालनमा आएको छ।
तुलसीपुर राजेन्द्र महतरा र घोराहीका औषधि व्यवसायी अभिनाश बिष्ट गरि दुई जना युवाले मिलेर 'कायरा स्किन एण्ड हेर क्लिनिक' सञ्चालनमा ल्याएका हुन्।
जस्को लगानी झन्डै ७० लाख पुगेको एक जना सञ्चालक महतराले बताए।
तुलसीपुर नगर बिकासको जग्गा उपमहानगरपालिकासॅंग वार्षिक झन्डै २२ लाख भाडामा लिएर 'द पार्क क्याफे' सञ्चालन गर्दै आएका महतराले त्यसको सम्मुख पश्चिममा 'कायरा स्किन एण्ड हेर क्लिनिक' सञ्चालनमा ल्याएका हुन्।
जस्को उद्घाटन सोमबार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले गरे।
उद्घाटन पछि उनले नेताका भाषणले देश विकास र रोजगारी सृजना नहुने बरु युवा उद्यमीका कारण त्यस्ता अवसरहरू सृजना हुने बताए।
अध्यक्ष केसीले छिट्टै कमाउने मात्रै उदेश्य राख्नुभन्दा गा्रहकको मन जित्ने गरि प्रदान गरिने सेवाले व्यवसायीको भविष्य सुनिश्चित हुने बताएका थिए।
उदघाटन समारोहमा उपाध्यक्ष देवबहादुर केसी, महासचिव केशवराज केसी, नेपाली कांग्रेस तुलसीपुरका नगरसभापति सुरेश हमाल लगाएतका उद्योगी व्यवसायीले तुलसीपुरमै नौलो व्यवसाय भित्र्याएको भन्दै शुभकामना दिनुका साथै गुणस्तरिय सेवा प्रदान गर्न आग्रह गरे।
नयाँ सेवा सुरू भएको अवसरमा तीन दिन छालाको चेकजाँच सम्बन्धी सेवा निःशुल्क रुपमा प्रदान गरिने भएको छ।
छाला चेकजाँच गरि त्यस सम्बन्धी विभिन्न रोगहरूको उपचार, सौन्दर्य सम्बन्धी विभिन्न सेवा, हाइड्रा फेसियल, अनुहारको चाँया पोतो हटाउने, दाग सर्कलहरु हटाउने लगायतका विभिन्न सेवाहरू प्रदान गरिने सञ्चालक महतराले बताए।