नेपालकै अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ६.६ मिड इयर सपिङ फेस्टको घोषणा गरेको छ।
यस अवसरमा दराजले आकर्षक डिल्स, विशेष ब्रान्ड अफरहरु, भुक्तानीमा छुट सुविधा तथा रोमाञ्चक गिभअवे उपहारहरू समावेश गरिएको जानकारी दिएको छ।
यो अभियान जुन ५ (जेठ २२, २०८३)को बेलुकी ८ बजेदेखि जुन १० (जेठ २७) सम्म सञ्चालन हुनेछ।
यस अवधिभर ग्राहकहरूले विभिन्न क्याटेगोरीका उत्पादनहरूमा ७५ प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी तथा विशेष भौचरहरूको उपयोग गरी आकर्षक लाभ उठाउन सक्नेछन्।
यी अफरहरुका माध्यमबाट उपभोक्ताको मध्य–वर्षीय किनमेललाई अझ लाभदायक बनाउने कम्पनीको विश्वास छ।
योजना अवधिभर ग्राहकहरूले दराजका लोकप्रिय ब्रान्डहरूबाट विशेष छुट प्राप्त गर्न सक्नेछन्।
जस अन्तर्गत प्लेटिनम ब्रान्ड पार्टनरहरु भ्यासेलिन, केमिस्ट एट प्ले तथा होनासाका तर्फबाट १५ प्रतिशतसम्म छुट, गोल्ड ब्रान्ड पार्टनर्स ब्रान्ड हाउस, न्युलाइट सिओएसआरएक्सका तर्फबाट ७० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
साथै, सिल्भर ब्रान्ड पार्टनर्स फ्यानटेक, लिभाइस, एंकर र मारिकोका तर्फबाट ६५ प्रतिशतसम्म छुट सहितका अफरहरू पनि उपलब्ध हुनेछ ।
योजना अवधिभर ग्राहकहरूले ब्रान्ड रश आवर अफरहरूको पनि लाभ लिन सक्नेछन्।
ब्राड रश आवर अफरहरु अन्तर्गत ६६ भन्दा बढी ब्रान्डका विशेष अफरहरू समावेश हुनेछन्।
यो विशेष अफर जुन ५को बेलुकी ८ बजेदेखि जुन ६को बिहान २ बजेसम्म तथा पुनः जुन ८ बेलुका ८ बजेदेखि मध्य रातसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ।
ग्राहकहरूलाई बचतको बृहत्त अवसर प्रदान गर्ने उद्देश्यका साथ दराजले नबिल बैंकसँग सहकार्य गरेको छ।
यस सहकार्यले ग्राहकहकहरूलाई न्यूनतम १ हजार ४९९ को खरिदमा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट (अधिकतम ७५० रूपैयाँ) तथा डेबिट कार्डमार्फत भुक्तानी गर्दा १०प्रतिशत छुट (अधिकतम ५०० रूपैयाँ) प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, इसेवा तथा खल्ती बाई आइएमईका प्रयोगकर्ताहरूले ब्रान्ड रश आवर अवधिमा १२ प्रतिशत छुट (अधिकतम २०० रूपैयाँ) तथा नियमित किनमेल अवधिमा १० प्रतिशत छुट (अधिकतम १५० रूपैयाँ) प्राप्त गर्न सक्नेछन्।
यस अभियानलाई अझ रोमाञ्चक बनाउन दराज नेपालले ग्राहकहरूका लागि विभिन्न आकर्षक उपहारहरूको समेत व्यवस्था गरेको छ।
उपहारहरूको मुख्य आकर्षणका रूपमा हाइसेन्सको सहकार्यमा ल्याइएको मेगा गिभअवे रहेको छ।
यस अन्तर्गत करिब १ लाख ६५ हजार रूपैयाँ मूल्य बराबरको ६५ इन्चको हाइसेन्स क्युलेड भिडा टीभी एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन्।
त्यसैगरी, 'बाई एण्ड विन' योजनाअन्तर्गत ग्राहकहरूले निम्न लिखित आकर्षक पुरस्कारहरू जित्ने थप अवसरपनि प्राप्त गर्नेछन्।
- मूल्य ५३ हजार ९६० रूपैयाँ बराबरको स्पारनोड फिटनेस होम युज वाकिंग प्याड एण्ड ट्रेडमिल - १ जना विजेतालाई
- मूल्य ३ हजार रूपैयाँ बराबरको फोरया एण्ड पी सेफ प्रडक्ट बन्डल- २ जना विजेतालाई
- मूल्य ५ हजार रूपैयाँ बराबरको स्मार्ट ईलेक्ट्रिक वाइन एण्ड लिक्विड डिस्पेन्सर – १ जना विजेतालाई
अभियान अवधिभर न्यूनतम १० हजार रूपैयाँ बराबरको खरिद गरी दराजमा उपलब्ध कुनै पनि भुक्तानी माध्यम प्रयोग गरेर सफलतापूर्वक किनमेल पूरा गर्ने ग्राहकहरू स्वतः मेगा गिभअवेको लक्की ड्रमा सहभागी हुनेछन्।
त्यसैगरी, न्यूनतम ५ हजार रूपैयाँ बराबरको खरिद गर्ने ग्राहकहरू 'बाइ एण्ड विन' योजनामा सहभागी गराइने पनि कम्पनीले जानकारी दिएको छ।