युरोपेली स्किनकेयर तथा पर्सनल केयर ब्रान्ड पियोर डर्माले नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ।
यस अवसरमा सोमबार ललितपुरस्थित रोयल टुलिप होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले आफ्ना १५ वटा उत्पादन एकसाथ सार्वजनिक गरेको हो।
कार्यक्रममा पियोर डर्मा नेपालका सिइओ प्रकाश पाठकले कम्पनीको नेपाली बजारमा औपचारिक आगमनबारे जानकारी दिँदै नेपाललाई सम्भावनायुक्त बजारका रूपमा छनोट गरिएको बताए।
उनले नेपाली उपभोक्तामाझ गुणस्तरीय र वैज्ञानिक रूपमा परीक्षण गरिएका स्किनकेयर उत्पादनको बढ्दो मागलाई ध्यानमा राख्दै पियोर डर्मा नेपालमा ल्याइएको उल्लेख गरे।
पत्रकार सम्मेलनमा कम्पनीले आफ्ना विभिन्न स्किनकेयर तथा पर्सनल केयर उत्पादनहरू सार्वजनिक गरेको थियो।
सार्वजनिक गरिएका उत्पादनहरूमध्ये क्ल्यारिडर्मा एक्ने फेस वास, डर्मा बोटक्स क्रिम, एचएएफओ ह्यान्ड एन्ड फुट क्रिम, एनयूएस किड्स क्रिम एसपिएफ २५+, न्युटिक कोलेजन नाइट र्यापिङ मास्क तथा प्योर बेबी क्रिम लगायत रहेका छन्।
कम्पनीका अनुसार यी उत्पादनहरू विभिन्न उमेर समूह तथा छालाका फरक–फरक आवश्यकतालाई लक्षित गरी तयार गरिएको हो।
सिइओ पाठकले पियोर डर्माका उत्पादनहरू बजारमा उपलब्ध अन्य ब्रान्डभन्दा गुणस्तर, वैज्ञानिक परीक्षण, प्रभावकारिता तथा अन्तर्राष्ट्रिय मापदण्डका कारण फरक रहेको दाबी गरे।
उनले कम्पनीका उत्पादनहरू नेपाली उपभोक्ताको आवश्यकता र विश्वासलाई केन्द्रमा राखेर बजारमा ल्याइएको बताए।
साथै उनले उत्पादनहरू नेपालका विभिन्न आधिकारिक बिक्री केन्द्र तथा वितरण सञ्जालमार्फत उपलब्ध हुने जानकारी दिँदै निकट भविष्यमा देशव्यापी पहुँच विस्तार गर्ने योजना रहेको बताए।
कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले उत्पादनहरूको विशेषता, प्रयोग विधि तथा उपभोक्ताले प्राप्त गर्ने फाइदाबारे प्रस्तुति दिएका थिए।
पत्रकार सम्मेलनमा सञ्चारकर्मी, सौन्दर्य तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पियोर डर्मा ले १५ वटा उत्पादनको एकसाथ सार्वजनिकरणसँगै नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका स्किनकेयर तथा पर्सनल केयर समाधान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।