कोशी प्रदेश लोकसेवा आयोगले विज्ञापन प्रकाशन गर्दै ५१८ जना कर्मचारी माग गरेको छ।
आयोगले मंगलबार जारी गरेको सूचनाअनुसार असिस्टेन्ट सब इन्जिनियर, अमिन, प्राविधिक सहायक, अहेब, खरिदार, सह लेखापाल लगायतका पदमा चौथो तहको कर्मचारी माग गरेको हो।
उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेको हुनुपर्नेछ।
परीक्षा दस्तुर पाँच सय रूपैयाँ लाग्नेछ। थप समूहका लागि एक सय ५० रूपैयाँ लाग्नेछ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन १७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन २४ गतेसम्म आवेदन दिन सक्नेछन्।
