सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि भएको दरखास्त आह्वान रद्द भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले शुक्रबार सूचना जारी गरी संस्थाको अध्यक्ष पदका लागि बिहीबार भएको दरखास्त आह्वान रद्द गरिएको जानकारी दिएको हो।
मन्त्रालयले विशेष कारणवश दरखास्त आह्वान रद्द गरिएको भनेको छ।
'सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि मिति २०८३/०२/०७ मा सार्वजनिक सूचना प्रकाशन गरी दरखास्त आह्वान गरिएकोमा विशेष कारणवश उक्त सूचना रद्द गरिएको ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,' सूचनामा भनिएको छ।
बिहीबार सरकारले प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारण संस्थाको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्ने गरी दरखास्त आह्वान गरेको थियो।