साउदी अरब सरकारले रमजान (२०२६) को अवसरमा ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ।
नेपाल सरकारले उक्त निर्णयका लागि साउदी सरकारप्रति आभार व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार साउदीको उक्त कदम नेपाल र साउदी अरबबीच रहेको लामो समयदेखिको मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा लिइएको छ।
नेपाल सरकारले रियादस्थित नेपाली दूतावासमार्फत गरेको अनुरोधका आधारमा साउदी सरकारले ती नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयले जनाएको छ।
आममाफी पाएका ३३ जना नेपाली साउदी अरबको कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्कनेछन्।