दक्षिण कोरियाले भिसा शुल्क बढाएको छ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जाने नेपाली श्रमिकको भिसा शुल्क बढेको काठमाडौंसमथित कोरियाली राजदूतावासले जनाएको छ।
इपिएस शाखा ग्वार्कोले पनि सूचना जारी गर्दै सिसिभिआई भिसा शुल्कमा ६ सय रूपैयाँ बढेको उल्लेख गरेको हो।
यसअघि भिसा शुल्क १० हजार ७०० रूपैयाँ थियो। अब बढेर ११ हजार ३०० रूपैयाँ पुगेको हो।