राइड सेयरिङ प्लेटफर्म इनड्राइभले काठमाडौंमा ड्राइभर पार्टनरहरूसँग ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्देश्य ड्राइभरहरूको मेहनत र समर्पण प्रति कृतज्ञता प्रकट गर्नुका साथै आपसी संवादलाई प्रोत्साहन गर्नु थियो।
कार्यक्रममा ड्राइभरहरूसँग अन्तक्र्रिया गरिएको थियो। त्यहाँ चालकहरूले अनुभव साटेका थिए।
‘हाम्रो यात्राको सफलताको मूल कारण ड्राइभर पार्टनरहरू हुन्,’ इनड्राइभ एपीएसी क्षेत्रका ड्राइभर अपरेसन्स हेड, निकोलाईले भने, ‘यो भेटघाट र अभिवादन कार्यक्रम हाम्रो चालक–सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्ने एक सानो प्रयास मात्र थियो। तर त्योभन्दा पनि महत्वपूर्ण कुरा, यो अवसर उनीहरूको अनुभवहरू सुन्ने, चासो र चुनौतीहरू बुझ्ने, र उनीहरूसँगै सिक्दै अघि बढ्ने थलो बन्यो।’
कार्यक्रमले आगामी प्लेटफर्म सुधारहरू र चालक अनुभवलाई अझ सुदृढ पार्ने उद्देश्यले डिजाइन गरिएका नयाँ सुविधाहरू र पहलहरूको घोषणा गर्न एक प्रभावकारी लन्चप्याडको भूमिका निर्वाह गर्यो।
यस अवसरमार्फत, इनड्राइभले टेक्नोलोजी र सेवामा नवप्रवर्तनमार्फत चालक–सहयोगीहरूको जीवनलाई अझ सहज, सुरक्षित, र लाभदायक बनाउने आफ्ना योजनाहरू प्रस्तुत गरेको छ।