शाओमीले विभिन्न क्षमताका पावर बैंक बजारमा ल्याएको छ। शाओमीका पावर बैंकहरू तीन हजार चार सय ९९ सयदेखि चार हजार नौ सय ९९ सय मूल्यका रहेको कम्पनीले जनाएको छ।
यस्ता छन् क्षमता र विशेषताः
शाओमी पावर बैंक ४–आई (१० हजार एमएएच)
यो २२.५ वाट फास्ट चार्जिङ पावर भएको पातलो, कम्प्याक्ट र भरपर्दो पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ।
यसमा युएसबी–सी र युएसबी–ए दुबै पोर्ट छन्। यसमा टु–वे चार्जिङ पनि सपोर्ट भएकाले पावर बैंकसँगै फोन पनि चार्ज गर्न सकिन्छ। यसको १८ वाट चार्जरले चार घण्टामै डिभाइसलाई पूरा चार्ज गर्छ।
यो क्ल्यासिक ब्ल्याक, ओलिव ग्रीन र कोरल पर्पल रंगमा उपलब्ध छ।
यो पावर बैंक दिनभर आफूले प्रयोग गर्ने दिभाइसमा पावर चाहिने विद्यार्थी र काम गर्ने मानिसहरूको लागि एकदमै उपयुक्त भएको कम्पनीले जनाएको छ। यसको मूल्य तीन हजार चार सय ९९ छ।
शाओमी पकेट पावर बैंक (१० हजार एमएएच)
यसमा बिल्ट–इन केबल भएकोले अलग्गै चर्जिङ्ग केबल चाहिँदैन। ४–आई जस्तै २२.५ वाट फास्ट चार्जिङ पावर भएको यस डिभाइसले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ।
बिल्ट–इन केबल र युएसबी–सी र युएसबी–ए दुबै पोर्टले ३.५ घण्टामा पूरा चार्ज हुन्छ र यो पावर बैंक मरून र ब्लू रंगमा उपलब्ध छ। यसको मूल्य चार हजार दुई सय ९९ रूपैयाँ तोकिएको छ।
रेड्मी पावर बैंक (२० हजार एमएएच)
यदि तपाईलाई धेरै पावर चाहिन्छ भने रेड्मी पावर बैंक २० हजार एमएएच क्षमता भएको पावर बैंक उपयुक्त हुनेछ। यो कालो र सेतो रंगमा उपलब्ध छ। यो पावर बैंक लामो यात्रा गर्नेहरूको लागि उपयुक्त छ। यसको मूल्य चार हजार चार सय ९९ रूपैयाँ तोकिएको छ।
शाओमी पावर बैंक ४–आई (२० हजार एमएएच)
यो पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ। १२ लेयर सुरक्षा सुविधाहरू र धेरै पोर्टहरु (टाइप सी इनपुट, ताइप सी आउटपुट र दुईवटा युएसबी–ए आउटपुट) सहित यो पावर बैंक पूर्ण रूपमा चार्ज हुन करिब ६.९ घण्टा लाग्छ।
यो कालो, हरियो र नीलो रङमा पाइन्छ। यसको मूल्य चार हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ।