चिनियाँ मोबाइल कम्पनी इन्फिनिक्स नेपालले ‘हट–६०आई’ स्मार्टफोन सार्वजनिक गरेको छ। ‘द बबाल फोन’ भन्ने नाराका साथ उक्त मोबाइल सार्वजनिक गरेको हो।
फोनमा पाँच हजार एक सय ६० एमएएच क्षमताको ब्याट्री सुविधा छ। साथै ४५ वाटको फास्ट चार्जिङ सुविधा छ। त्यस्तै, फोनमा तीनवटा क्यामरा जडान गरिएको छ।
ग्राहकले फोन ४जिबी/१२८जिबी र ६जिबी/१२८जिबी गरी दुई क्षमतामा किन्न पाउँछन्। फोनको मूल्य क्रमशः १४ हजार नौ सय ९९ सय १५ हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ।
कम्पनीले फोनमा १८ महिनाको वारेन्टी दिएको छ।