ऊर्जा , जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले १०० दिनमा आफूले गरेका काम सार्वजनिक गरेका छन्।
१०० दिनमा तीनवटा मन्त्रालय अन्तर्गत १०१ काम गरेको उनले बताए।
यो अवधिमा फिल्डमै खटेर काम गरेको उनले बताए। विपद व्यवस्थापन, फोहोर व्यवस्थापन, रूग्ण ठेक्का तोड्ने बिजुली बक्यौता उठाउने लगायत काम गरेको बताए।
'आम सर्वसाधारण लोडसेडिङको अध्यारोमा बस्न बाध्य हुँदा नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड तथा ट्रंक लाइन संरचना प्रयोग गरी विद्युत खपत गरेका उद्योगबाट लिनुपर्ने प्रिमियम महसुल विगतमा राजनीतिक हस्तक्षेपका कारण उठ्न सकेको थिएन। तर यस अवधिमा त्यो गलत अभ्यास अन्त्य गरिएको छ। स्पष्ट निर्देशन र दृढ निर्णयका कारण सबै उद्योगले बक्यौता महसुल तिर्न सुरू गरेका छन्,' घिसिङले भने।