करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक खण्डमा अहिले धमाधम काम भइरहेको छ।
अहिले यो सडक दुई लेनको रहेको छ। यही सडक खण्डको साँगा उकालोमा अन्डरपास निर्माण भइरहेको छ ।
आयोजनाका अनुसार अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ।
अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ।
यसको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहनेछ। साथै अन्डरपासभित्रै २० मिटरको पुल पनि निर्माण गरिनेछ।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाको ठेक्का सम्झौता २०७९ पुस २४ गते भएको थियो।
सडक विस्तारका लागि ७.५ किलोमिटर लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा र ८.४ किलोमिटर लामो साँगा–धुलिखेल सडकखण्ड ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो।
यस आयोजनाको प्रारम्भिक सम्झौता अवधि २०८० पुस २३ गतेसम्म रहेको भए पनि निर्माण अवधि थप गरी २०८३ फागुन मसान्त सम्म पुर्याइएको छ।
तस्बिरहरूः
-ink-1773810570.jpeg)
-ink-1773810570.jpeg)
-ink-1773810569.jpeg)
-ink-1773810568.jpeg)
-ink-1773810568.jpeg)
-ink-1773810568.jpeg)
-ink-1773810567.jpeg)
-ink-1773810567.jpeg)
-ink-1773810566.jpeg)
-ink-1773810566.jpeg)
-ink-1773810566.jpeg)
-ink-1773810566.jpeg)
तस्बिरहरु: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी