काठमाडौंको मुख्य बजार क्षेत्रलाई समेट्ने गरी धरहरामा निःशुल्क भूमिगत पार्किङ संचालनमा रहेको छ।
राजधानीको अत्यधिक व्यस्त मध्येका सहर पर्ने कारण सवारी पार्किङको समस्या समाधान गर्न यो पार्किङ उपयोगी विकल्प बनेको छ।
सुन्धारा, न्युरोड, बसन्तपुर, असनलगायत क्षेत्रमा पुग्ने सर्वसाधारणले यहाँ सवारी राखेर पैदल जान सक्ने सुविधा पाएका छन्।
धरहराको तीन तहको भूमिगत पार्किङमा एकैपटक ३४७ वटा कार र करिब ७०० वटा मोटरसाइकल अट्ने क्षमता छ।
हाल यसको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्दै आएको छ। महानगरका अनुसार पार्किङ सेवा हाल पूर्ण रूपमा निःशुल्क छ।
सहरको मध्यभागमै रहेको यो पार्किङ प्रयोग गर्दा सडक किनारमा जथाभावी पार्किङ गर्ने प्रवृत्ति घट्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत सहजता भएको छ।
सुन्धारा आसपासका व्यापारिक, धार्मिक तथा पर्यटकीय क्षेत्रमा पुग्नेहरूका लागि धरहरा पार्किङ सहज र सुरक्षित विकल्पका रूपमा प्रयोग हुन थालेको छ।
तस्बिरहरूः
-1785910073.jpg)
-1785910073.jpg)
-1785910074.jpg)
-1785910074.jpg)
-1785910074.jpg)
-1785910075.jpg)
-1785910075.jpg)
-1785910074.jpg)
-1785910074.jpg)