नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले 'दिस २०२० गेट सामसुङ ग्यालेक्सी एस२०' को विजेता घोषणा गरेको छ।
लक्की ड्र मार्फत सामसङ ग्यालेक्सी एस२०प्लस जितेका विजेताको नाम घोषणा गरिएको हो।
यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम २० को कुनै पनि कारोवार जस्तै: रिचार्ज, युटिलिटी पेमेन्ट, पि२पी फन्ड ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक) गरेपछि एउटा युनिक कोड नं. पाएका थिए। सोही युनिक कोड नं. हरुबाट लक्की ड्र मार्फत एक भाग्यशाली ग्राहकले जितेका हुन्।
यसका साथै हरेक हप्ता ७ जना ग्राहकहरुका दरले जम्मा ३५ जना भाग्यशाली ग्राहकहरुले पनि पेलेस एड्रेस लंग, इनरगिजर र एक्स एजबाट
विभिन्न उपहारहरु पाएका थिए। बिजेताको घोषणा बिहीबार सेलपेको आधिकरिक फेसबुक पेजमार्फत भएको 'सेलपे गफ-गाफ मह जोडीसँग'को कार्यक्रमबाट लाइभ लक्की ड्र मार्फत गरिएको थियो।
सो कार्यक्रममा मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले गरिएको लक्की ड्र मार्फत युनिक कोड नं. १९६१६८ भएको सुजन कार्कीले सामसङ ग्यालेक्सी एस२०प्लस जित्न सफल भएका थिए।